श्रमिक सूचना र सन्देश – २१०

२६ नोभेम्बर २०२०

भिडियो समाचार

 (क) नेपाल

१- भारतले नेपाललाइ सहयोग स्वरूप कोभिड-१९ को उपचारमा लाभकारी मानिएको रेमडेसिभिरका २,००० भाइल प्रदान गरेको छ ।

 

(ख) साउदी अरब

२- साउदी अरबको राजधानी रियाधबाट मक्का हाइवेतर्फ ४० मिनटको दूरीमा अवस्थित किद्दीयामा २ अर्ब रियालका बिभिन्न निर्माण परियोजनाहरू सञ्चालन हुंदैछन । अहिले नै ५०० वटा हेभि इक्विपमेन्ट र ८०० जना कामदारहरूबाट थालनी भएको यो गिगा परियोजनामा सन २०२३ सम्ममा १७,००० जनाले काम गर्नेछन । किद्दीयालाइ साउदी अरबको खेलकुद, कला र मनोरञ्जनको राजधानी बनाउनेगरी बिकास गरिदैछ । यसलाइ बिश्व मानचित्रमै पर्यटकिय क्षेत्र बनाउने समेत लक्ष लिइएको छ ।

 

(ग) मध्यपुर्ब

३- कतार र टर्कीले थप १० वटा सम्झौताहरूमा हस्ताक्षर गरेकाछन । आर्थिक, औद्योगिक, सुरक्षा, लगानी, उर्जा, शिक्षा लगायतका बिभिन्न क्षेत्रमा आपसी सहयोग र साझेदारीका लागि यस अघि नै ५२ वटा सम्झौता भैसकेकाछन । अहिले कतारमा ५३३ वटा टर्किका कम्पनीहरू र टर्कीमा १७९ कतारका कम्पनीहरूले काम गरिरहेकाछन । टर्किस कम्पनीहरूले कतारको निर्माण क्षेत्रमा मात्रै १८.५ अर्ब डलरका परियोजनाहरू सुसम्पन्न गरिसकेकाछन ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Companies in Qatar have failed to pay “hundreds of millions of dollars” in salaries and other benefits to low-wage workers since the coronavirus outbreak, according to new research by the human rights group Equidem.

In its report, Equidem describes how thousands of workers have been dismissed without notice, put on reduced wages or unpaid leave, denied outstanding salary and end of service payments, or forced to pay for their own flights home.

The report’s findings appear to amount to “wage theft” on an unprecedented scale, leaving “worker after worker” destitute, short of food and unable to send money home during the pandemic, in one of the richest countries in the world.

 

  • कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गर्दै आएको कोभिड-१९ बाट निको हुनेहरूको बिश्व भरीको औसत, नेपाल र नेपालका ५ प्रमुख गन्तब्य मुलुकहरूका ताजा तथ्यांकहरू आज यसप्रकार रहेकाछनः

Leave a Reply