श्रमिक सूचना र सन्देश – १८९

५ नोभेम्बर २०२०

 

भिडियो समाचार

 (क) नेपाल

१- कैलाली जिल्ला प्रहरी कार्यालयले धनगढीको होटल न्यु बडी केदारबाट ३ जना युवतिहरूलाइ भारत बेचिन लांदै गर्दाको अवस्थामा उद्धार गरेको छ । सिन्धुली र सर्लाहीका १७-१९ बर्षिया ती युवतिहरूलाइ त्यहां पुराएका मानव तस्करहरूसंगै उक्त होटल मालिक पनि पक्राउ परेका छन । उक्त होटलबाट प्रहरीले लागु औषध ह्यासिस पनि बरामद गरेको छ ।

 

(ख) साउदी अरब

२-  नेपाली राजदूतावास रियाधले आज पुनः २७ जनाको नाममा बहिर्गमण (Exit) भिषा प्राप्त भएको जानकारी गराएको छ ।

“नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसाका लागि आवेदन दिएका व्यक्तिकाे (Exit visa) प्राप्त भएको सूचना।
—————————–
साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा (Exit Visa) सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दुतावासले अनुरोध गरे बमाेजिम साउदी सरकारले निम्न उल्लिखित नेपालीहरुकाे नाममा बहिर्गमन भिषा प्रदान गरेकाे छ।
यो प्रकृयाकाे थालनी भएदेखि साउदी सरकारले हालसम्म १,२१७ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ ।यस मध्ये १ देखि १,१९० सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको छ । नयाँ Exit visa जारी भएका २७ जनाकाे नामावली यसैसाथ संलग्न छ।
हाल कतिपय नेपालीहरुले आफ्नो अकामा (Iqama) को म्याद रहे नरहेको बारेमा स्पष्ट नबुझी दूतावासमा पठाउने गरेको हुँदा आफ्नो अकामाको म्याद समाप्त भएको र कम्पनीले बहिर्गमन (Exit Visa) नलगाइदिएको भएमा वा अकामाको म्याद रहँदै कम्पनीले हुरुब (Runaway) भनी जानकारी गराएको अवस्था भएमा मात्रै पासपोर्ट र अकामाको फोटो खिची WhatsApp गर्नुहुन जानकारी गराइन्छ।”

(ग) मध्यपुर्ब

३- टर्किले फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्राम, युट्युबलाइ १ करोड लिरा (११ लाख ८० हजार अमेरिकी डलर) जरिमाना गर्नेभएको छ । टर्कीले यी साइबर सञ्जालहरूलाइ टर्किमा स्थानिय एजेन्सी नियुक्त गर्नुपर्ने र त्यसले पोस्ट गरिने सामाग्रीहरूमा सिकायत आउंदा ४८ घण्टाभित्र जबाफ दिनुपर्ने र अदालतको आदेश हुंदा २४ घण्टाभित्र आदेश कार्यान्वयन गर्नुपर्ने लगायत थिए जसलाइ टर्किको संसदले गतः जुलाइ २०२० मै पारित गरेको थियो । शुरूमा तोकिएको यो जरिमाना ३० दिनभित्र नतिरे जरिमाना बढ्दै जाने र अवज्ञा गरे आगामी ३ महिनापछि यी सबै सञ्जालहरूलाइ टर्किमा प्रतिबन्ध लगाउने जनाइएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Saudi Arabia remains a popular destination for migrant workers from Bangladesh. Many Bangladeshis, without knowing the full picture, and with a lack of oversight from the authorities in Bangladesh, they are lured into a scam known as the “free visa.”

In reality, there is no such thing as a free visa. Agencies simply collude with Saudi households – each household is allowed to hire up to eight workers, for jobs such as driving, gardening, and cooking – who then offer to sponsor the worker, thus enabling the visa.

Officially speaking, this visa would only allow the migrant worker to work for that particular household, so in effect, their stay and work in Saudi Arabia is illegal when they do otherwise.

It is high time for the government to step in put an end to this scam. First of all, Bangladeshis must not be allowed to travel to Saudi Arabia under this free visa arrangement. Workers should be informed and educated on this matter, and agencies selling these arrangements should be brought to book.

A worker should never work or seek work in a foreign land without a valid employment status. Doing so is a ticket to all kinds of exploitation, harassment, and abuse.

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गर्दै आएको कोभिड-१९ बाट निको हुनेहरूको बिश्व भरीको औसत, नेपाल र नेपालका ५ प्रमुख गन्तब्य मुलुकहरूका ताजा तथ्यांकहरू आज यसप्रकार रहेकाछनः

Leave a Reply