श्रमिक सूचना र सन्देश – १७८

२५ अक्टोबर २०२०

 

भिडियो समाचार

 (क) नेपाल

१- पश्चिम नेपालका जंगलहरूमा घुमन्ते जिवनयापन गर्दै आएका लोपोन्मुख राउटे जातिको संरक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रत्येक राउटेहरूको गास, बास र कपडाका लागि मासिक रू. २,००० दिनेगरी “राउटे सुरक्षा कोष” स्थापना गर्ने निर्णय गरेको छ । संघिय सरकारले पनि राउटेहरूकै लागि भनि जनही रू. ३,००० दिनेगरी सामाजिक सुरक्षा कोषको प्रबन्ध मिलाएको छ । नेपालमा अब १५३ जना मात्रै राउटे रहेको एक तथ्यांक छ ।

(ख) साउदी अरब

२- साउदी अरबको न्याय मन्त्रालयले १०० जना थप महिलाहरूलाइ नोटरीमा नियुक्त गर्नेभएको छ । आगामी आइतबारदेखि कानुनी तथा लेखापढीको काम सम्हाल्ने यी महिलाहरूलाइ शुरूका ३ महिनामा कानुन तथा न्याय सम्बन्धि बिशेष प्रशिक्षण अभिमुखिकरण गरिने भएको छ ।

जुलाइ २०१८ मा साउदी महिला बायान जहरानले वकिलको लाइसेन्स पाएपछि साउदी अरबको न्यायिक क्षेत्रमा महिला सहभागिताको शुरूवात भएको थियो ।

 

(ग) मध्यपुर्ब

३- जर्मनीमा २० बर्ष बसी त्यहांको नागरिकता पाउन सबै दृष्टीमा सुयोग्य बनिसकेका एक लेबननी पुरूष अन्ततः महिला अफिसरसंग हात मिलाउन (Hand Shake गर्न) इन्कार गरेकै कारण जर्मनीको नागरिकता पाउनबाट बञ्चित भएकाछन । उनले यसका बिरूद्ध त्यहांको अदालतमा समेत उजुरी गरेपनि जर्मन अदालतले पनि उनको उजुरी खारेज गर्दै नागरिकता दिन नमिल्ने फैसला गरेको छ । लेबनानीले धार्मिक कारण देखाउंदै महिलासंग हात मिलाउन इन्कार गरेको जनाइएको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- Amnesty International’s new report shows that despite Qatar’s recent labour reforms and protective laws, domestic workers go through various forms of exploitation on a daily basis.

Weeks after Qatar gathered all the praise for introducing landmark labor reforms like abolishing exploitative ‘kafala’ system and fixing a new minimum wage, a new report has revealed that things have not changed much for domestic migrant workers in the gas-rich nation.

A new report by Amnesty International has revealed how migrant domestic workers employed in Qatar have been pushed to breaking point by extreme overwork, lack of rest, and abusive and degrading treatment.

The rights body said it spoke to 105 women who had been employed as live-in domestic workers in Qatar and found that their rights were still being abused and violated despite government reforms aimed at improving their working conditions. Some women had been victims of serious crimes such as sexual assault.

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गरिरहेका बिश्वभरीको औसत, नेपाल र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा कोभिड-१९को सक्रमनबाट निको हुनेहरूका ताजा तथ्यांकहरू यसप्रकार रहेकाछनः

Leave a Reply