श्रमिक सूचना र सन्देश – १७७

२४ अक्टोबर २०२०

 

भिडियो समाचार

 (क) नेपाल

१- नेपालमा यस पटकको दशैंमा डिजिटल दक्षिणा दिन बिभिन्न बैंकहरूले आकर्षक उपहार समेत घोषणा गरेकाछन । मोबाइल बैंकिंङ, IPC Connect जस्ता E-Banking सोलुशन प्रयोग गर्दै ग्राहकहरूले दक्षिणा दिनसक्ने सुविधा उपलब्ध गराइएको छ । उपहारमा बैंकले दक्षिणा राशी थप दिने र बिभिन्न डिजिटल दक्षिणा उपयोग गरेबापत बिभिन्न उपहार दिनेसमेत रहेकाछन । बैंक नोटको लेनदेनबाट पनि कोभिड-१९ सर्नसक्ने बैज्ञानिक आधार नै रहेकाले नेपालमा कोरोना संक्रमन उच्च रहेकै बेला आएको दशैंमा नोटबाट हुने संक्रमन रोक्न यो नयां बिधि उपलब्ध गराइएको हो, यद्यपी यसको सहज र ब्यापक प्रयोग हुने सम्भावना बिभिन्न कारणबस न्युन देखिन्छ ।

(ख) साउदी अरब

२- साउदी एअरलाइन्सले आगामी नोभेम्बरदेखि भारतको दिल्ली, मुम्बइ, कोची लगायत बिश्वका ३३ वटा गन्तब्यहरूमा नियमित अन्तराष्ट्रिय हवाइ उडान पुनः सुचारू गर्ने भएको छ । नेपालसंग साउदी एअरलाइन्सको सिधा उडान छैन र नेपाल यतिबेला कोभिड-१९ को संक्रमनमा बिश्वभरीकै औषतभन्दा बढी संक्रमित भएकोछ ।

(ग) मध्यपुर्ब

३- कतारको अल वक्रा नगरपालिकाको पारिवारिक आवास क्षेत्रमा सञ्चालित खाद्य सामाग्री उद्योग त्यहांको कानुन बिपरित भएकाले बन्द गरिएको छ । सरकारी अधिकारीले उक्त उद्योगका सबै सामाग्री जफत गर्दै सञ्चालक बिरूद्ध कानुनी कार्बाही गर्ने जनाएकाछन ।

(घ) अन्तराष्ट्रिय (International)

4- Ministers in United Kingdom have quietly ditched the £35,800 minimum salary for migrants to settle in the UK, the Home Office has confirmed.

Under the rules for Boris Johnson’s new points-based immigration system published on Thursday, the threshold will be lowered to £25,600.

Unskilled migrants on salaries of £20,480 but with enough points to qualify to take jobs in the UK where there is a shortage of workers, will also be entitled to settle after six years and become citizens. The rules will come into force on December 1.

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गरिरहेका बिश्वभरीको औसत, नेपाल र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा कोभिड-१९को सक्रमनबाट निको हुनेहरूका ताजा तथ्यांकहरू यसप्रकार रहेकाछनः

Leave a Reply