श्रमिक सूचना र सन्देश – १७५

२२ अक्टोबर २०२०

भिडियो समाचार

 (क) नेपाल

१- नेपालमा सगरमाथा क्षेत्रको हिमाल आरोहन गर्न कतार राजपरिवारका शेख मोहमद बिन अब्दुल्ला अलथानी सहितको आरोहन दल काठमाडौ आइपुगेको छ ।

 

(ख) साउदी अरब

२- नेपाली राजदूतावास रियाधले आज थप ३४ जनाको बहिर्गमन भिषा प्राप्त भएको जानकारी गराएको छ ।

“नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसाका लागि आवेदन दिएका केही व्यक्तिकाे (Exit visa) प्राप्त भएको सूचना।
—————————–
साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा (Exit Visa) सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दुतावासले अनुरोध गरे बमाेजिम साउदी सरकारले निम्न उल्लिखित नेपालीहरुकाे नाममा बहिर्गमन भिषा प्रदान गरेकाे छ।
यो प्रकृयाकाे थालनी भएदेखि साउदी सरकारले हालसम्म १,१६५ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ ।यस मध्ये १ देखि १,१३१ सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको छ । नयाँ Exit visa जारी भएका ३४ जनाकाे नामावली यसैसाथ संलग्न छ।
हाल कतिपय नेपालीहरुले आफ्नो अकामा (Iqama) को म्याद रहे नरहेको बारेमा स्पष्ट नबुझी दूतावासमा पठाउने गरेको हुँदा आफ्नो अकामाको म्याद समाप्त भएको र कम्पनीले बहिर्गमन (Exit Visa) नलगाइदिएको भएमा वा अकामाको म्याद रहँदै कम्पनीले हुरुब (Runaway) भनी जानकारी गराएको अवस्था भएमा मात्रै पासपोर्ट र अकामाको फोटो खिची WhatsApp गर्नुहुन जानकारी गराइन्छ।
साथै, विभिन्न कसूरमा मुद्दा (Case) रहेका व्यक्तिहरुले पनि त्यस्तो मुद्दा सामाधान भइसकेपछि मात्रै यस्ता कागज पठाउनुहुन पनि जानकरी गराइन्छ।

बहिर्गमन भीसा जारी भएकाहरु भीसा जारी भएको मितिले ६० दिन भित्र साउदी अरब छोडिसक्नुपर्ने भएकाले स्वदेश फर्किने तयारी गर्नुहुन अनुरोध छ।
————————-
नेपाली राजदूतावास, रियाद ।
२०७७।०७।०६”

 

(ग) मध्यपुर्ब

३- कतारका ४६ वटा निजी स्वास्थ्य संस्थाहरूले कतार सरकारको राष्ट्रिय इन्लुएञ्जा खोप अभियानमा सहकार्य गर्नेभएका छन । गर्मीबाट जाडो ऋतुमा धेरै मानिसलाइ असर गर्ने यो सिजनल स्वास्थ्य समस्याको खोप यस पटक कतार सरकारले सबैलाइ निशुल्क उपलब्ध गराउने भएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- The Saudi Data and Artificial Intelligence Authority (SDAIA) signed three agreements with IBM, Alibaba and Huawei on Thursday.

The memorandums of understanding came on the second day of the  Global AI Summit being held in the Kingdom.

The deal with Alibaba Cloud is designed to “empower Saudi cities with intelligence-driven smart city solutions,” Saudi Press Agency reported.

The partnership will support Saudi Arabia’s journey to develop world-class smart cities.

 

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गरिरहेका बिश्वभरीको औसत, नेपाल र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा कोभिड-१९को सक्रमनबाट निको हुनेहरूका ताजा तथ्यांकहरू यसप्रकार रहेकाछनः

Leave a Reply