श्रमिक सूचना र सन्देश – १७२

१९ अक्टोबर २०२० 

 

भिडियो समाचार

 (क) नेपाल

१- आप्रबासी नेपालीहरूको साझा संस्था भनिएको एनआरएनए यसको उद्गम मुलुक युकेमै रू. ४ करोडको आर्थिक घोटालामा मुद्दा खेप्दैछ । जनआस्थामा प्रकाशित समाचार मुताविक एनसिसी युकेकी बर्तमान अध्यक्ष पुनम गुरूङ र पुर्ब अध्यक्ष योग कुमार फगामी बिरूद्ध उपाध्यक्षहरू – नारायण कंडेल, प्रेम गाहामगर, रामचन्द्र पोखरेल, मोहन कार्की, इंग्ल्याण्ड राज्यपरिषदका उपाध्यक्ष लाल बहादुर गुरूङ तथा पुर्ब उपाध्यक्ष शेर बहादुर सुनार समेतले आर्थिक हिनामिना बिरूद्ध वकिल गुहारेका छन । गुरूङ र फगामीसंगै यो आर्थिक घोटाला प्रकरणमा मनोनित आइसिसी सदस्य रामशरण सिम्खडा पनि तानिदैछन ।

 

(ख) साउदी अरब

२- साउदी अरबको दहरान मलभित्र “मुभी” नामको नयां सिनेमा हल खुलेको छ । १८ वटा पर्दा (Screen) र २,३६८ सिट क्षमता भएको यो हल साउदी अरबको सबैभन्दा ठूलो हल बनेको छ । यो संगै साउदी अरबमा अब कूल १०३ वटा सिनेमा हल सञ्चालनमा आएकाछन । केही बर्ष अघिसम्म साउदी अरब बिश्वमै सार्वजनिक तथा ब्यापारिक प्रदर्शन गरिने सिनेमा हल नभएको मुलुकका रूपमा जानिन्थ्यो ।

३- साउदी अरबमा कोभिढ-१९ को टेस्ट गर्ने निजी स्वास्थ्य केन्द्र बादर अल राबियाले टेस्ट शुल्क घटाएर RDT को १२० रियाल, PCR को ६०० रियाल र यात्रीहरूका लागि भ्याट सहित ५२० रियाल तय गरेको नविनतम जानकारी मिलेको छ ।

(ग) मध्यपुर्ब

४- साउदी अरबको तेल कम्पनी (Saudi Aramco) मध्यपुर्बको सर्वोत्कृष्ट रोजगारदाता कम्पनी भएकोछ । ५८ वटा मुलुकहरूका १,६०,००० जनालाइ रोजगार दिएको यो कम्पनी बिश्व सूचीमा भने २६औं स्थानमा रहेको छ । Forbes को रिपोर्ट मुताविक दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्स कम्पनी बिश्वभरीकै सर्वोत्कृष्ट रोजगारदाता कम्पनी हो, भने Amazon, IBM र Microsoft क्रमशः दोस्रो, तेस्रो र चौथो उत्कृस्ट रोजगारदाता कम्पनी बनेका छन ।

(घ) अन्तराष्ट्रिय (International)

5- Hundreds of Indian migrant workers who were laid off by a construction company in Saudi Arabia due to the coronavirus pandemic have filed a rare complaint to the Indian government over unpaid earnings, lawyers and campaigners said.

More than 280 laborers – who were fired by the Nasser S Al Hajri Corporation before being flown home on chartered flights in July – are part of what is believed to be the biggest collective case of its kind, said their lawyer Subhash Chand.

Chand said all of the workers had been at the firm for at least five years – some over a decade – and were entitled to a “substantial amount” in outstanding end-of-contract benefits.

“Most of (the workers) confirmed that they had been asked to sign blank papers or documents that they didn’t understand … (in order to get) their passports and tickets,” said Chand, who is part of Lawyers Beyond Borders, a network of legal experts.

“Many didn’t want to return without their money but had no choice,” he told

 

(ङ) कोरोना बिशेष

६- हामीले दैनिक अनुगमन गरिरहेका बिश्वभरीको औसत, नेपाल र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा कोभिड-१९को सक्रमनबाट निको हुनेहरूका ताजा तथ्यांकहरू यसप्रकार रहेकाछनः

Leave a Reply