श्रमिक सूचना र सन्देश – १६८

१५ अक्टोबर २०२०

 

भिडियो समाचार

 (क) नेपाल

१- स्यांग्जा जिल्ला प्रशासन कार्यालयले आगामी कार्तिक १ गतेदेखि PCR टेस्टमा नेगेटिभ देखिएकालाइ मात्रै जिल्लामा सहज प्रबेश दिनेभएको छ । अन्यथा तोकिएको क्वारेन्टाइनमा बसेरमात्र घर जान पाइने भएको छ । जिप्रकाले जारी गरेको आदेशमा भिडभाड हुने अन्य कैयन गतिबिधिमा पनि रोक लगाउनेभएको छ ।

(ख) साउदी अरब

२- रियाधस्थित नेपाली राजदूतावासले आज थप ३७ जनाको बहिर्गमन भिषा प्राप्त भएको जानकारी गराएको छ ।

“नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसाका लागि आवेदन दिएका केही व्यक्तिकाे (Exit visa) प्राप्त भएको सूचना।

—————————–

साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा (Exit Visa) सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दुतावासले अनुरोध गरे बमाेजिम साउदी सरकारले निम्न उल्लिखित नेपालीहरुकाे नाममा बहिर्गमन भिषा प्रदान गरेकाे छ।

यो प्रकृयाकाे थालनी भएदेखि साउदी सरकारले हालसम्म १,१३१ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ ।यस मध्ये १ देखि १,०९४ सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको छ । नयाँ Exit visa जारी भएका ३७ जनाकाे नामावली यसैसाथ संलग्न छ।

साथै, विभिन्न व्यक्तिहरुले झुठा विवरण दिई दूतावास समक्ष वहिर्गमन भिषा (Exit Visa)का लागि राहदानी तथा ईकामा पेश गरे अनुरुप दूतावासको सिफारिसमा Exit Visa लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयं नै जम्मेवार हुनुपर्ने व्यहोरा समेत जानकारी गराइन्छ।

बहिर्गमन भीसा जारी भएकाहरुले नेपाल जाने तयारी गर्नु हुन अनुरोध छ।

————————-

नेपाली राजदूतावास, रियाद ।

२०७७।०६।२९”

३- नेपाली राजदूतावास रियाधका कर्मचारी बिमलेश कुमार मिश्र पीडित कामदारहरूलाइ भिषा मिलाइदिने भन्दै जनही ३०० साउदी रियाल कमिशन असूली प्रकरणमा संलग्न रहेको बारे पीडित नेपाली कामदारहरूका निवेदन उद्धृत गर्दै प्रबासी नेपाली एकता मञ्चका श्रमिक समन्वय बिभागका संयोजक रामचन्द्र वाग्लेले खुलासा गरेकाछन । प्रबासमा पीडित नेपाली कामदारहरूलाइ निशुल्क सेवा दिन भनी नेपाल सरकारले खटाएका कर्मचारी नै यसरी कमिशनखोरीमा संलग्न हुनु भनेको निकै – संवेदनशील, लज्जास्पद र घोर आपत्तिजनक बिषय हो । साथै यो प्रकरणको खुलासा भएबाट केही अन्य गम्भिर सवालहरू पनि पैदा भएकाछन – (क) यस्तो अनैतिक दुस्साहस गर्ने कर्मचारी के एक्लै होलान? या अरूहरूको पनि मिलेमतो र संरक्षण नै होला? (ख) कमिशनको शिकार बनेका र प्रबासी नेपाली एकतामञ्चको पहलमा कमिशन फिर्ता भएपछि राहत पाएका यी पीडितहरू रहेको दमाम क्षेत्रमा दूतावासले स्थलगत रूपमै सेवा दिन भनि बर्षौंदेखि स्थानिय कर्मचारी नै खटाएकोमा दूतावासको सेवा पाउन पीडितहरूको यो समुहले कमिशन नै दिनुपर्ने बाद्यता किन र कसरी आयो? (ग) दूतावासले पीडितहरूबाट लिखित निवेदन नै पाएपछि यो प्रकरणलाइ कसरी हेरेको छ? कमिशनमा संलग्न भनिएका कर्मचारी बिरूद्ध के कस्तो कार्बाही गर्दैछ? (घ) यस्तो कमिशनखोरीलाइ जरैदेखि निर्मूल पार्न दूतावास र आप्रबासी कामदार समाजले के कसो गर्न आवश्यक छ?

आप्रबासी कामदार समाज (अाकास) नेपाल पीडित नेपाली कामदारहरूको यो साहस र खुलासा अनि प्रबासी नेपाली एकता समाज साउदी अरबका यो बिशेष अपरेशनमा संलग्न पदाधिकारी तथा सदस्यहरू प्रति सराहना र सम्मान प्रकट गर्दछ ।

(ग) मध्यपुर्ब

४- इजिप्टको राजधानी काइरोको मादिमा तेज गतिमा गुडिरहेको माइक्रो भ्यानमा सवार ब्यक्तिले सडकमा हिडिरहेकी एक २४ बर्षिया महिलाको ब्याग लुट्न खोज्दा महिलाको ज्यान गएको छ । आफ्नो ब्याग छिनाझप्टीमा लुटिएपछि असन्तुलित बनेकी महिलाको टाउको नजिकैको कारमा ठोक्किन पुगेपछि घटनास्थलमै महिलाको मृत्युभएको हो । प्रत्यक्षदर्शीको उजुरीमा अदालतले २ लुटेरालाइ कार्बाही गर्दैछ ।

(घ) अन्तराष्ट्रिय (International)

5- The National Investigation Agency (NIA) suspects that the most-wanted terrorist Dawood Ibrahim could be involved in the Kerala gold smuggling case, which has rocked politics in the Southern state for weeks now.

On Wednesday, the top probing agency made submissions at a special court in Kochi, opposing the bail plea of the accused and said terror links need investigation.

The verdict is expected tomorrow.

(ङ) कोरोना बिशेष

६- हामीले दैनिक अनुगमन गरिरहेका बिश्वभरीको औसत, नेपाल र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा कोभिड-१९को सक्रमनबाट निको हुनेहरूका ताजा तथ्यांकहरू यसप्रकार रहेकाछनः

Leave a Reply