श्रमिक सूचना र सन्देश – १६६

१३ अक्टोबर २०२०

भिडियो समाचार

 (क) नेपाल

१- नेपालको सर्वोच्च अदालतले कोभिड-१९ का सबै टेस्ट सबैका लागि निशुल्क गर्न सरकारलाइ आदेश दिएको छ । आदेशमा निजि अस्पतालमा र भिषा प्रयोजनका लागि गरिने टेस्टमा समेत शुल्क नलिन भनिएको छ तर सरकारले PCR टेस्टका लागि रू. २,००० र हालै पुनः स्वीकृत RDTका लागि रू. १,००० शुल्क तोकेको छ । निजि अस्पतालहरूले भने सरकारले तोकेको भन्दा पनि बढी शुल्क लिइरहेकाछन ।

सरकारले कोरोना संक्रमण परीक्षणमा शुल्क लिँदा संविधानको धारा ३५ (१) ले नागरिकलाई दिएको स्वास्थ्यसम्बन्धी हक उल्लंघन गरेको भन्दै अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

(ख) साउदी अरब

२- साउदी अरबको मानब संशाधन बिकास कोष (HADAF) ले सहयोग राशी तय गर्नका लागि यस अघिको न्युनतम तलब मासिक ४,००० रियालबाट घटाएर ३,२०० तय गरेको छ । तर महिला र अपांग नियुक्त गर्नेलाइ र साउदी अरबका प्रमुख शहरहरू रियाद, जेद्धा, दमाम, खोबर बाहेकका क्षेत्रमा रोजगार दिने, गर्नेलाइ १०% अतिरिक्त सहयोग दिने भएको छ ।

(ग) मध्यपुर्ब

३- कतारले कतार फर्किनेहरूका लागि क्वारेन्टाइनको नियम आगामी डिसेम्बर ३१ तारिखसम्मका लागि बढाउने भएको छ । यस अघि यो समय सिमा ३१ अक्टोबरसम्म मात्रै थियो । अब ४८ घण्टाभित्रको PCR नेगेटिभ रिपोर्ट लिइआउनेहरू भने सिधै होम क्वारेन्टाइनमा रहन पाउनेभएकाछन, यस अघि होटल क्वारेन्टाइन नै अनिवार्य थियो ।

(घ) अन्तराष्ट्रिय (International)

4- Saudi Arabia has ranked the third happiest country, after China and the Netherlands, in a leading 2020 global happiness survey.

The poll, conducted by France-based market research company Ipsos, measured the level of happiness in 27 countries around the world.

About nine in 10 people in China and the Netherlands described themselves as “very” or “rather” happy, while about eight in 10 people in Saudi Arabia said the same.

After Saudi Arabia in third, France, Canada, Australia, Great Britain, Sweden, Germany, and Belgium made up the rest of the top 10 countries.

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गरिरहेका बिश्वभरीको औसत, नेपाल र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा कोभिड-१९को सक्रमनबाट निको हुनेहरूका ताजा तथ्यांकहरू यसप्रकार रहेकाछनः

Leave a Reply