श्रमिक सूचना र सन्देश – १६०

७ अक्टोबर २०२०

 

भिडियो समाचार

 (क) नेपाल

१- नेपालले कोभिड-१९ को राष्ट्रिय स्वास्थ्य निर्देशिका संशोधन गर्दै RDT टेस्टलाइ पुनः स्वीकृति दिएको छ । कम खर्चिलो, छिटै नतिजा आउने र समुहमा परिक्षण गर्नुपर्दा र महामारी उत्कर्षमा पुगेका बेला बिशेष उपयोगी मानिएको यो टेस्ट बिधीलाइ WHO ले पनि हालैका दिनमा बिशेषतः गरीब राष्ट्रहरूमा प्रयोग गर्न सिफारिस गरेपछि नेपालले यो संशोधन गरेको छ । साथै यसको बिश्वसनियता र भरोसालाइ मध्यनजर गर्दै यसको पूरक टेस्टका रूपमा (पुस्टीका लागि) PCR टेस्ट पनि संगसंगै जारी गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख गरिएको छ ।

 

(ख) साउदी अरब

२- साउदी अरबमा हालैका दिनमा निजी क्षेत्रको एउटा स्वास्थ्य केन्द्रले कोभिड-१९ का टेस्ट गर्ने भन्दै लगातार सार्वजनिक बिज्ञापन गर्दै आएको तर टेस्टको शुल्क भने सार्वजनिक नगरेको अवस्थामा हामीले औपचारिक रूपमै शुल्क खुलाउन गरेको आग्रहमा औपचारिक कोटेशन (दर रेट) प्राप्त भएकाछन । यी शुल्कहरू डिस्काउण्टेड नै हुन भनिए पनि यिनमा अझै डिस्काउण्टको गुञ्जायस रहेको छलफलका क्रममा बुझिएको छ र निजी क्षेत्रमा पनि प्रतिस्पर्ध्दा हुनगए उपरान्त स्वभाविक रूपमा परिक्षण शुल्क अझै कम हुने आसा र अनुमान गर्न सकिन्छ । हामीले यस बारेमा सबैको ध्यान जाओस र शुल्क कम गर्नका लागि सबै पक्षहरूबाट थप पहल होउन भन्ने सदाशय राख्दै यो कोटेशनलाइ जस्ताको तस्तै सार्वजनिक गरेका छौं ।

 

(ग) मध्यपुर्ब

३- बंगलादेशका अधिकारीहरूले खाडीमा साउदी अरब लगायतका मुलुकहरूमा बिमान बंगलादेशको उडानबाट फर्किने यात्रीहरूलाइ कमिशन लिंदै फर्किने टिकट दिने भन्ने कमिशनखोरहरूबाट जोगिन र तिनलाइ दण्डित गर्न सूचना दिन भनेका छन । बिमान बंगलादेशले साउदी फर्किने बंगलादेशी कामदारहरूलाइ कुनै पनि अतिरिक्त शुल्क (चार्ज) नलिइकनै पुरानै टिकट होल्डरहरूलाइ डेट चेञ्ज गरी फिर्ता पठाइरहेको र यो काम बिमान बंगलादेशको आफ्नै कार्यालयहरू बाहेक अन्यत्र कतैबाट गर्न कसैलाइ पनि अनुमति नदिएको बारे सुस्पस्ट पार्दै बंगलादेशमा उडान गरिरहेका अन्य एअरलाइन्सलाइ पनि टिकटमा ठगी, कमिशनखोरी र कालोबजारी हुन नदिन अनुरोध गरेकाछन ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Italy on Wednesday made it mandatory to wear face masks outdoors nationwide in an effort to reduce rising COVID-19 infections, the health ministry said after the cabinet agreed on the measure. After curbing the epidemic by imposing a rigid lockdown between March and May, Italy has seen a steady increase in new cases in the last two months, reporting an average of more than 2,400 infections daily in the past week, a Reuters tally shows.

The decree imposing masks outdoors will probably be effective from Thursday, a government source said.

(ङ) कोरोना बिशेष

५- नेपालमा आज अहिलेसम्मकै सर्बाधिक बढी संख्या (३,४३९) मा कोभिड-१९ का नयां संक्रमित देखिएकाछन र आज एकैदिनमा कोभिडकै कारण १५ जनाको मृत्यु पनि भएको छ । ९४,२५३ जना संक्रमित बनेपछि नेपाल २१६ वटा कोभिड संक्रमित राष्ट्रहरूको बिश्व मानचित्रमा सर्वाधिक संक्रमित हुने ४४औं राष्ट्र बनेको छ जहां राजधानी काठमाडौंमै देशका अन्य भाग भन्दा निकै ठूलो संख्यामा संक्रमन भैरहेको ताजा अवस्था छ । कुनैबेला ९६% निको पारिसकेको मलेशियामा पनि नयां संक्रमन बढ्दै अब निको हुनेको संख्या ७५.०४% मा झरेको छ जुन बिश्वको औसत भन्दा कम हो । हामीले दैनिक अनुगमन गरिरहेका अन्य मुलुकहरूका ताजा तथ्यांकहरू यसप्रकार रहेकाछनः

Leave a Reply