श्रमिक सूचना र सन्देश – १४९

२६ सेप्टेम्बर २०२०

 

भिडियो समाचार

 (क) नेपाल

१- नेपालको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बिदेशमा अलपत्र परेका पीडित नेपाली कामदारहरूलाइ स्वदेश फर्काउन बोर्डले रू. ७५ करोडको राशी छुट्टाएको र यसमध्ये करिब रू. १ करोड जति बिभिन्न दूतावासहरूलाइ सोही प्रयोजनका लागि निकासा पनि दिइसकेकोमा दूतावासहरूले रकम निकासा लिएर पनि प्रयाप्त उडानको अभावमा कामदार फिर्ता गर्न नसकेको र थप सहयोग राशी निकासाका लागि चाहिने आवश्यक कागजात बिवरण उपलब्ध नगराइसकेको बताएका छन । आज सम्पन्न एक भर्च्युल कन्फ्रेन्समा बोल्दै उनले अगाडी भने – बोर्डमा रहेको कल्याणकारी कोष बैदेशिक रोजगारीमा जाने कामदारहरूले नै सृजना गरिदिएको कोष हो र यो उनिहरूकै लागि उपयोग गरिन्छ तर कोषको सदुपयोग गर्न जुन निर्देशिका बनेको छ, त्यसले बोर्डमा अरू पनि अनेकन दायित्वहरू दिएको छ जसलाइ पुरा नगर्दा कोही पनि हकवाला कामदार या तिनका परिवारजन अदालत गइ माग दाबी गर्नसक्ने भएकाले खर्च गर्न दबाव दिनु अघि बोर्डका ती सबै दायित्व र निर्देशिकाले तोकेको प्रकृयामा पनि ध्यान दिन आग्रह गरे ।

 

(ख) साउदी अरब

२- नेपाली महाबाणिज्यदूतावास जेद्धाले पर्सी २८ सेप्टेम्बरमा हुने भनिएको जेद्धा – काठमाडौको उडान २९ सेप्टेम्बरमा हुनेगरी उडान तालिका संशोधन भएको जानकारी दिए छ ।

 

(ग) मध्यपुर्ब

३- कतार एअरवेजले हिंजो २५ सेप्टेम्बर २०२० देखि आगामी २ जनवरी २०२१ सम्मको १०० दिनमा जहाजभित्रै १ घण्टासम्म फ्रिमा सुपर वाइफाइ (इन्टरनेट) सुविधा दिनेभएको छ । पुरै उडान अवधिभर वाइफाइ नेट चाहनेले १ घण्टाको फ्रि (प्रोमोशन) पछि किनेर उक्त सुविधा लिनसक्नेछन ।

  • अन्तराष्ट्रिय (International)

4- The Kingdom of Saudi Arabia lifted travel restrictions imposed on Pakistanis, allowing passengers from the country to travel to the kingdom on Iqama or a visit visa.

This was announced by the spokesperson of the foreign office, who said that it will be mandatory for persons to take a PCR test in Saudi Arabia after they arrived in the country. “The PCR test will have to be undertaken within 48 hours of arriving in Saudi Arabia,” he said, clarifying that Saudi Arabia had not imposed any special travelling restrictions on Pakistanis.

 

(ङ) कोरोना बिशेष

५- कोभिड-19 बाट बिश्वभरी औसतमा, नेपालमा र नेपालका प्रथम ५ गन्तब्य मुलुकहरूमा आजसम्म निको हुनेहरूका ताजा तथ्यांकहरू यसप्रकार रहेकाछनः

This Post Has One Comment

  1. Laxman

    Dear sir
    Saudi Arabia allowed to go vacation and we can come back again in Saudi?? I need move October vacation if you have information shears to as please

Leave a Reply