श्रमिक सूचना र सन्देश – १४८

२५ सेप्टेम्बर २०२०

 

भिडियो समाचार

 (क) नेपाल

१- नेपालमा औषधी खरिदमा भएको भ्रस्टाचार, गरिबी निवारण कोषमा भएको अनियमितता, पुर्व-पश्चिम रेल लिक बिछ्याउने बिषयमा परेको उजुरी, आयल निगमको जग्गा खरिद प्रकरण र गोकर्ण फरेस्टको जग्गा यति होल्डिंगलाइ लिजमा दिएको सम्बन्धमा परेको उजुरीका बारेमा बरिष्ट पत्रकार, लेखक, बुद्धीजिवी तथा भ्रस्टाचार बिरोधी सामाजिक अभियन्ता प्रेम कैदीले सोधेकोमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ती सबै प्रकरणहरूबारे औपचारिक जानकारी गराएको छ ।

 

(ख) साउदी अरब

२- नेपाली राजदूतावास रियाधले आगामी दिनहरूमा रियाध र दमामबाट काठमाडौका लागि हुन गैरहेका थप चार्टर उडानहरूबारे ताजा जानकारी गराउंदा यी उडानहरूमा उड्न पाउने थप २,१५५ जना नेपालीहरूको नामावली सार्वजनिक गरेको छ । त्यसैगरी जेद्धास्थित नेपाली महाबाणिज्यदूतावासले पनि जेद्धाबाट काठमाडौका लागि हुनगैरहेका थप चार्टर उडानहरूबारे ताजा जानकारी दिंदै ती उडानहरूमा उड्न पाउने ७५८ जना नेपालीहरूको नामावली सार्वजनिक गरेको छ । हामी यी दुबै नियोगहरूबाट जारी गरिएका सूचना र संलग्न सूचीहरूलाइ एकै ठाउंमा सहजै हेर्न मिल्नेगरी हाम्रो संस्था आप्रबासी कामदार समाज (आकास) नेपालको वेभ साइटको आजको समाचारको वेभ लिंकभित्रै राखिदिएका छौं । बिस्तारमा सूचना र सूची पढ्न माथि दिइएको लिंक खोलेर हेर्न सक्नुहुनेछ ।

यस अघि कोरोनाको RDT टेस्टका लागि निश्चित सहजिकरण गरेका दुबै नियोगहरूले अहिले RDT टेस्ट नगर्न भनेका छन, यो टेस्ट वास्तवमा अहिले नेपालमै पनि प्रतिबन्धित छ र कुनै मान्यता पनि छैन, हुंदैन । अब चाहिने र महत्वपूर्ण PCR टेस्टका बारेमा भने नियोगहरूको पुर्ववत सहजिकरण देखिएको छैन । PCR नगरी जानेले नेपालमा ७ दिनको सशुल्क क्वारेन्टाइनमा बस्नैपर्ने अनिवार्य नियम अद्यापी लागू नै छ र दशैंका मुखमा नेपाल पुग्ने यात्रीहरूले यतै PCR गरिजान पाए, सिधै होम क्वारेन्टाइनमा बस्नेगरी जान पाउथें र दशैंमा घरमै परिवारसंगै रहनपाउनेथिए ।

अर्को चिन्ताको बिषय यो छ कि अहिले पनि महिनौंदेखि बिखर्ची र अलपत्र परेका पीडितहरूले सरकारी खर्चमै नेपाल जान पाउने सर्वोच्चको आदेश र सरकारको निर्णय समेत भएर पनि त्यसको कार्यान्वयन भएको देखिदैन । सरकारको त्यो उद्धार कार्यबिधी (निर्देशिका) नै नियोगहरूले बाहिर सार्वजनिक गर्न चाहेनन र त्यसबारेमा पारदर्शिता शून्य जस्तै छ । त्यस्तै अपेक्षित पारदर्शिता पीडितहरूलाइ मानविय सहयोग प्रदान गर्ने, उद्धारमा सघाउने भनिएका IOM, ILO लगायतका संघ संस्थाहरूले पनि देखाउन सकेका छैनन । २ छाक खाना पाएकाहरूलाइ पनि कुनै ब्यक्ति बिशेषले “मैले दिएको” भनिएको छ र त्यसैलाइ नै पठाउने म्यानपावर एजेन्टले “मैले दिएको” अनि त्यसैलाइ नै दूतावासले पनि “दूतावासले दिएको” समेत भनिएका गबाह भेटिएकाछन । सहयोगी निकायका रूपमा नेपालको बैदेशिक रोजगार बोर्ड र IOM, ILO जस्ता संघ संस्थाहरूको नाम कहीं कतै कसैले लिएको पाइदैन !

नेपाली राजदूतावास रियाधद्वारा जारी सूचना तथा सूचीः NEKSA-Riyadh

नेपाली महाबाणिज्यदूतावास जेद्धाद्वारा जारी सूचना तथा सूचीः CGN-Jeddah

 

(ग) मध्यपुर्ब

३- कतारले हालै पारित गरेको कामदारहरूको न्युनतम पारिश्रमिक सम्बन्धी कानून आगामी ९ अक्टोबरदेखि नै लागू गरिने भएको छ । यसका लागि सबै रोजगारदाता कम्पनीहरूले नयां न्युनतम तलब सुबिधाहरू राखी रोजगार करार (Employment Contract) अद्यावधिक (update) गर्नुपर्नेछ ।

संशोधित नयां श्रम कानुन मुताविक कतारमा अब न्युनतम मासिक तलब १,००० रियाल, निशुल्क आवास या सो बापत ५०० रियाल भत्ता र निशुल्क खाना या सो बापत ३०० रियाल भत्ता दिनुपर्नेछ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- India’s daily new virus cases are now on declining trend with 86,052 new cases in the past 24 hours while the number of people newly recovered, 87,374, exceeded the number newly infected. 97,894 were infected with Covid-19 on Sept. 16. More than 562,000 new recoveries confirmed between Sept. 18 and Wednesday exceeded the 517,800 new cases over that time. India’s Health Ministry has said recovery rate has now crossed 81.55%

(ङ) कोरोना बिशेष

५- कोभिड-19 बाट बिश्वभरी औसतमा, नेपालमा र नेपालका प्रथम ५ गन्तब्य मुलुकहरूमा आजसम्म निको हुनेहरूका ताजा तथ्यांकहरू यसप्रकार रहेकाछनः

देश निको हुने %मा निको हुने क्रम
पुरै बिश्व 73.81% बढदै
नेपाल 73.45% बढदै
मलेशिया 90.73% घटदै
साउदी अरब 94.98% बढदै
कतार 97.48% बढदै
युएइ 88.03% स्थिर
कुवेत 91.33% बढदै

 

Leave a Reply