श्रमिक सूचना र सन्देश – १४५

२२ सेप्टेम्बर २०२०

 

भिडियो समाचार

 (क) नेपाल

१- नेपालमा जन्मेको, नेपाली नागरिक भएकै कारण जतिसुकै उच्च ज्ञान, शिप र क्षमता भए पनि नेपाली प्रोफेशनल (पेशाकर्मी)हरूले हंगकंगमा काम (रोजगार) गर्न नपाउने भएकाछन । यो सिंगो नेपाल र नेपालीहरूका लागि निकै लज्जास्पद स्थिती हो । यसरी नेपाली प्रोफेशनलहरू हंगकंगमा प्रतिबन्धित हुनुपर्ने अवस्था किन, कसरी र कहिलेदेखि आयो? यसको गम्भिर अध्ययन, बिश्लेषण गरी यो प्रतिबन्ध यथाशिघ्र फुकाउन नेपाल सरकार र हाल नेपालमा र बिदेशमै पनि “बिज्ञ सम्मेलन” गरिरहेका संस्थाले पनि पहल गर्न आवश्यक देखिन्छ ताकि एकातिर हामी नेपालीहरू पनि बिज्ञ छौं, अरूहरूलाइ ज्ञान, शिप र प्रबिधि बांड्न, बेच्नसक्छौं भन्ने र अर्कोतिर यसरी बिदेशमा नेपालीहरूको शाख र इज्जत, स्तर गिर्दैजाने बिसंगति नदेखियोस । हंगकंगले यस्तो प्रतिबन्ध चिनकै मुख्य भूमि, अफगानिस्तान, क्युबा, लाओस, उत्तर कोरिया र भियतनामका नागरिकहरूलाइ पनि लगाएको छ ।

(ख) साउदी अरब

२- साउदी अरबले कामदारहरूका आवास क्षेत्रहरूका लागि नयां नियमावली (Protocol) निर्धारण गरेको छ जसमा क्याम्प परिसरमा CCTV क्यामराहरू राखी सेक्युरिटी गार्डले अनुगमन गर्नुपर्ने, क्याम्प बाहिरका साथीभाइ तथा नातेदारहरूसंग भेटघाट गर्न नदिने, दैनिक १ पटक तापक्रम जांच्नुपर्ने, आइसोलेशन रूम हुनुपर्ने, ट्वाइलेटहरूमा साबुन, स्यानिटाइजर राख्नुपर्ने, नियमित सरसफाइ गर्नुपर्ने र प्रत्येक कामदारहरूलाइ कम्तिमा ४ बर्गमिटिरको क्षेत्रफल दिइ सामाजिक दूरी र भेन्टिलेशन कायम गर्नुपर्ने लगायत छन ।

(ग) मध्यपुर्ब

३- फेस मास्क नलगाइ, सामाजिक दुरी कायम नगरी समुद्री किनारा घुम्ने गरेका ७२१ जनालाइ युएइमा जनही ३,००० दिह्राम जरिमाना गरिएको छ ।

 (घ) अन्तराष्ट्रिय (International)

 4- A group of Bangladeshi migrants who work in Saudi Arabia have demonstrated for air tickets in Dhaka, calling on the government to help them return to their country of employment in time. Following a protest by migrant workers amid a shortage of tickets to Saudi Arabia, the Civil Aviation Authority of Bangladesh (CAAB) today said it will permit Saudi Airlines to operate more flights so that Bangladeshi expatriates can return to their workplaces in the Gulf country.

(ङ) कोरोना बिशेष

५- कोभिड-19 बाट बिश्वभरी औसतमा, नेपालमा र नेपालका प्रथम ५ गन्तब्य मुलुकहरूमा आजसम्म निको हुनेहरूका ताजा तथ्यांकहरू यसप्रकार रहेकाछनः

Leave a Reply