श्रमिक सूचना र सन्देश – ११४

२२ अगस्त २०२०

 

भिडियो समाचार – 

 

(क) नेपाल

१- नेपाली कांग्रेसले बैदेशिक रोजगारमा गएर समस्यामा परेका सबै नेपालीलाइ पूर्णतः सरकारी कोषबाटै रकम खर्च गरी स्वदेश फर्काउन माग गर्दै विज्ञप्ती जारी गरेको छ । “खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन प्रधानमन्त्रीज्यु ? सर्वोच्चको आदेश उल्लंघन गर्दै महंगो टिकटसंगै सबै खर्च बोकाउनु मानवियता कि ‘सर्वहारा माथि अधिनायकवाद’ ?” भन्ने प्रश्न गर्दै जारी विज्ञप्तीमा सर्वोच्चको आदेशलाइ पनि स्मरण गर्दै पटक पटक उद्धृत गरिएको छ तर कामदारहरूलाइ बिखर्ची बनाउंदै बिचल्लीमा पार्ने को (को) हुन ? र तिनका बारेमा के कस्ता कानुनी प्रावधान छन ? भन्ने तर्फ सर्वोच्चको आदेशले त बोलेको छ तर कांग्रेसको विज्ञप्तीले बोलेको छैन !

 

(ख) साउदी अरब

२- साउदी अरबले भनेको छ कोभिड-१९ को खोपका बारेमा रूस, बेलायत, अमेरिका र चिनका सबै खोप बिकासलाइ नजिकैबाट नियालीरहेको छ तर जबसम्म ती खोपहरू मानव शरीरमा प्रयोग गर्नका लागि पूर्णतः सुरक्षित र प्रभावकारी सिद्ध हुंदैनन, साउदी अरबले प्रयोग गर्ने छैन । साथै प्रयोग गर्नु अघि Saudi Food & Drug Administration (SFDA) ले तिनको बिशेष जांच गरेर प्रयोग गर्नका लागि स्वीकृति दिएको हुनुपर्नेछ । साउदी अरब ९०% भन्दा बढी कोभिड संक्रमितलाइ निको पारेर समाधान नजिक पुगिसकेको, हाल देशैभरी २१ वटा टेस्ट सेन्टरहरू र २३० वटा २४ सै घण्टा खुल्ने Tettamman Clinics सहित दैनिक ७०,००० टेस्ट क्षमता राख्दछ, कुनै पनि ब्यक्तिले मोबाइलमा अप्वाइन्टमेन्ट लिएर सहजै टेस्ट गराउनसक्दछन, G20 मै सबैभन्दा कम मृत्युदर छ भन्दै छिटै पूर्ण समाधान र सुरक्षित अवस्थामा पुग्ने बिश्वास जताइएको छ ।

(ग) मध्यपुर्ब

३- UAE बाट डिप्लोम्याटिक पार्सलमा तस्करी गर्न खोजिएको ३० किलो सुन भारतको थिरूभनन्थापुरम एअरपोर्टमा गतः जुलाइ ५ मा पक्राउ परेपछि शुरूभएको बिशेष अनुसन्धान जारी छ र उक्त तस्करीमा जोडिएका सबैलाइ NIA ले क्रमशः तानिरहेको छ । ३ जना अभियुक्तहरू स्वप्ना, सारिथ र सन्दिपलाइ न्यायिक हिरासतमा राखिएको छ, स्वप्नाले आफ्नो संलग्नता स्वीकार पनि गरिसकेकीछिन र उनलाइ जमानत माग्दा पनि दिइएन । अरू ४ जना अभियुक्तहरू फाजिल फरिद, रबिन्स हमिद, सिद्धीकुल अकबर र अहमद कुट्टी हाल युएइमै रहेकाले उनिहरूलाइ पनि पक्राउ गर्न इन्टरपोलमा नोटिस जारि गरिएको छ ।

(घ) अन्तराष्ट्रिय

४- संयुक्त राष्ट्र संघको सुरक्षा परिषद र पेरिस स्थित Financial Action Task Force (FATF) ले अल्टिमेटम सहितको चेतावनी दिएपछि पाकिस्तानले त्यहां कृयाशिल दाउद इब्राहिम, मसूद अजहर, हाफिज सइद लगायत ८८ आतंककारी समुह तथा तिनका नेताहरूका सबै सम्पत्ती जफत गरी बैंक खाताहरू रोक्का गर्ने कदम चालेको छ । पाकिस्तानलाइ सन २०१९ को अन्तसम्म यी सबै आतंककारीहरूलाइ कार्बाही गर्न अल्टिमेटम दिइएको थियो, कोभिड-१९ को संक्रमणका कारण पाकिस्तानले उक्त कार्बाही गर्न पाएको थप समयभित्रै यो कार्बाही गरेको छ ।

(ङ) कोरोना बिशेष

Leave a Reply