सानीको मायां – गजल

३ अगस्त २०२०

✍️प्रकास सुबेदी

म ओरालो झर्छु,बेँसि झरन “सानु” भनिन् सानिले,
म खोल्सि तर्छु, खोल्सो तरन “सानु” भनिन् सानिले !!

घाँस दाउरा बोकि डडेल्नो भरी निथ्रुक्क भिजेको
म सुस्केरा हाल्छु, पुलुक्क हेरन “सानू” भनिन् सानिले!!

त्यो लालुपाते लुर्केको देखि लजाएँ एकफेर,
म प्रीत लाउछु, मुसुक्क हाँसन “सानू” भनिन् सानिले!!

लपक्क परि थपक्क माया लाउँ’की भए’थ्यो
म कम्मर मर्काई नाँच्छु तिमी मादल ठोक “सानू” भनिन् सानिले !!

दुख र सुख जिन्दगी भरी मिलेर बांडाैंला
म पर्खि बस्छु, जिन्दगानी साँचन “सानू” भनिन् सानिले !! 

Leave a Reply