श्रमिक सूचना र सन्देश – ९४ – बिशेष बुलेटिन

२ अगस्त २०२०

 

भिडियो समाचार लिंकः  https://youtu.be/zAg9EF41Iu8?t=1

 

(क) नेपाल

नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सर्बोच्च अदालतको आदेश बमोजिम हालै मन्त्रिपरिषदबाट पारित भइ राजपत्रमा प्रकाशित भएको “कोभिड-१९ को विश्वव्यापी सङ्क्रमणको कारण वैदेशिक रोजागारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७” मन्त्रालयको वेभ मार्फत सार्वजनिक गरेको छ । लिंकः https://moless.gov.np/wp-content/uploads/2020/07/%E0%A4%95%E0%A5%8B%E0%A4%AD%E0%A4%BF%E0%A4%A1-%E0%A5%A7%E0%A5%AF-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A4%BE-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AD.pdf

यो निर्देशिकाबारे आप्रबासी कामदार समाज (आकास) नेपालका टिप्पणी तथा सुझावहरूः

  • बहुप्रतिक्षित यो निर्देशिका समग्रमा सकारात्मक र समस्या समाधानमा उपयोगी हुने देखिन्छ।
  • निर्देशिकाले पीडित कामदारहरू स्वयम, पठाउने म्यानपावर एजेन्सी र नेपाली नियोगहरू सबैका जिम्मेवारी र कर्तब्यहरू पुनः स्पस्ट तोकिदिएको छ ।
  • इजाजतपत्रवाला म्यानपावर एजेन्सीहरूले इमान्दारितापुर्बक आफ्नो तोकिएको जिम्मेवारी र भूमिका निर्बाह गरिदिएमा र नेपाली नियोगहरूले पनि तदारूकतापुर्बक पीडित कामदारहरूका पक्षमा कुटनैतिक पहल गरिदिए अब उद्धार सम्भव हुने देखिन्छ ।
  • अलपत्र तथा पीडित कामदारहरूले यो निर्देशिकाको अनुसूची-१ मा दिइएको ढांचामा निवेदन लेखी दूतावासमा पेश गर्नुपर्दछ । दूतावासहरूमा निवेदन पेश गर्नका लागि हामीले गतः मइ ५ तारिखमै खाडीका सबै नेपाली नियोगहरूका सम्पर्क ठेगानाहरू उल्लेख गरी यसै वेभ तथा सामाजिक सञ्जाल फेसबुक मार्फत सुसूचित गरेका थियौं, लिंकः https://migworksnepal.org/?p=442
  • अनुसूची-२ बमोजिम दूतावासहरूले भर्ने फारम (प्रतिवेदनका लागि)का बुंदा ४, ५ र ८ पनि कामदारहरूका लागि बिशेष महत्वपूर्ण छन, बुंदा ४ मा दूतावासहरूले कामदारहरूको तलब कति थियो र ५ मा त्यो पाए नपाएको टिपोट गरिदिनेछन भने ८ मा पठाउने एजेन्सीले पीडित कामदारहरूको उद्धारका लागि के कस्तो भूमिका खेले, तोकिएको जिम्मेवारी सकुशल निभाए निभाएनन? भनि लेखा जोखा गरी प्रतिवेदन तयार पार्नेछन ।
  • दूतावासको लिखित प्रतिवेदनलाइ नै आधार प्रमाणका रूपमा लिनसके तलब सुविधा नै नपाइ स्वदेश फर्किने पीडित कामदारहरूले स्वदेश फिर्ति पश्चात पनि बैदेशिक रोजगार बिभागमा अर्को निवेदन दिएर न्याय र क्षतिपूर्ति माग गर्नसक्नेछन ।
  • यो निर्देशिका लागू भएको मिति गतः साउन ५, २०७७ उपरान्त कोभिड-१९ को संक्रमण रहुञ्जेल स्वेदश फर्किने पीडित कामदारहरूले अनुसूचि-३ मा दिइएको ढांचामा निवेदन दिएर टिकट खर्चको शोधभर्ना माग्न र पाउन पनि सक्नेछन ।

कोभिड-१९-निर्देशिका-२०७७

Leave a Reply