श्रमिक सूचना र सन्देश – ८९

२८ जुलाइ २०२०

 

भिडियो समाचार लिंकः https://youtu.be/QK5wU-8lLbk?t=1

 

(क) नेपाल

१- नेपालमा नियमित उडान शुरू नहोउञ्जेल चार्टर उडानहरू नै अझै केही समय चालु हुनेभएका छन । नेपालका दुइ एअरलाइन्सहरूले पर्सी जुलाइ ३० तारिखदेखि अगस्त ८ तारिखसम्मका सार्वजनिक गरेका चार्टर उडान तालिका बमोजिम

नेपाल एअरलाइन्सले

जुलाई ३१ मा – जापान र कुवेत

अगस्ट १ मा – क्वालालम्पुर र कतार

अगस्ट २ मा – जेदाह र दुबई

अगस्ट ३ मा – अस्ट्रेलिया र कतार

अगस्ट ४ मा- दुबई र कतार

अगस्ट ५ मा- रियाद र दमाम

अगस्ट ६ मा- रियाद र दुबई

अगस्ट ७ मा- रियाद र दमाम

अगस्ट ८ मा- जेदाह र दुबई

हिमालय एअरलाइन्सले

जुलाई ३० रअ गस्ट १ मा – कुवेतमा दुई उडान

जुलाई ३१ मा – चीनको कुनमिङ

जुलाई ३१ र अगस्ट ३ मा – दोहा

जुलाई ३१, अगस्ट १,२, ३ र ४ मा अबुधाबी गन्तव्यमा चार्टड उडान

अगस्ट २, ३, ६ र ७ मा क्वालालम्पुर

अगस्ट ४, ५, ६ र ७ मा – दमाम

मा उडान गर्ने भएका छन ।

 

यसैगरी बिदेशी एअरलाइन्सहरू जजीरा एयरले कुवेत, इत्तिहाद एयरले अबुधावी, एयर अरेबियाले सारजाह, फ्लाई दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उद्धार उडान गरी नेपाली फर्काउनेछन् । सोही अवधिमा मालिन्दो एयरले क्वालालम्पुरबाट निरन्तर चार्टर्ड गर्ने जनाइएको छ ।

(ख) साउदी अरब

२- साउदी अरबमा कोभिड-१९ को नयां संक्रमन संख्या गतः जुन २ तारिख यताका आंकडाहरूमा सबैभन्दा कम १,८९७ रेकर्डेड भएकोछ, यो बिचमा दैनिक नयां संक्रमन एकैदिनमा ४,९१९ सम्म पुगेको थियो । आज निको हुनेको संख्या २,६८८ रह्यो र यो संगै समग्रमा साउदी अरबमा ८३.३०% संक्रमितहरू कोरोनामुक्त बनिसकेका छन ।

(ग) मध्यपुर्ब

३- अस्ट्रेलियाको मेलबर्न युनिभर्सिटीकी मध्यपुर्बको राजनीति बिषयकी लेक्चरर डा. मूरी गिल्बर्टलाइ इरानमा जासूरी गरेको आरोपमा १० बर्षको जेल सजाय दिइएको छ । सेप्टेम्बर २०१८ मा तेहरानको जेलमा थुनिएकी उनलाइ हालै इरानको टर्चर दिनका लागि कुख्यात मरूभूमीमा अवस्थित कर्चाक जेलमा स्थानान्तरण गरिएको छ । कसैसंग पनि कुनै पनि सम्वाद गर्नबाट बञ्चित गरिएकी उनलाइ जेलभित्र आएका नयां कैदीहरूलाइ नोट लेखेर दिएको र जेलका वालमा लेखेको भन्दै पिटेर शारीरिक यातना दिइएको थियो । उनलाइ दिएको मानसिक यातनाकै कारण उनि डिप्रेशनमा जाने खतरामा रहेकि छिन । अस्ट्रेलियाले उनको जेलप्रति गम्भिर चिन्ता र चांसो प्रकट गर्दै उनको रिहाइलाइ प्राथमिकतामा राखेको छ । मूरीले आंफू बिरूद्ध लगाइएका कुनै पनि आरोपहरू स्वीकार गरेकी छैनिन, इरानको पक्षमा वकालत गर्न दिइएको अफर पनि अस्वीकार गरेकिले पनि उनलाइ थप यातना दिन जेल नै फेरिएको बताइएको छ ।

(४) अन्तराष्ट्रिय

४- अफगानिस्तानको बग्राम एअरफिल्डमा अमेरिकन कम्पनी फ्लोर कर्पोरेशनमा कार्यरत एशिया तथा अफ्रिकाका कामदारहरूले राष्ट्रियताको (कुन देशको भन्ने) आधारमा तलब सुबिधा फरक पारेकोमा बिरोध प्रदर्शन गरेका छन । उनिहरू त्यहां सेनालाइ क्याटरिङ, यातायात, पानी, लण्ड्री र फोहर ब्यवस्थापन (सर सफाइ) का सेवामा खटिएका छन । रोजगारदाता कम्पनीले भने अमेरिकी कम्पनीले अमेरिकामै भेदभाव गर्न नपाए पनि अमेरिका बाहिर अमेरिकन र अन्य मुलुकका कामदारहरूलाइ फरक फरक तलब सुबिधा दिन पाउंछन, कसले कति पाउने भन्ने करार सम्झौतामै खुलाइने र करार गरिसके पछि मात्रै रोजगारमा नियुक्त हुनेभएकाले यो पछि आएर बिमति राख्ने बिषय नै हैन र सैनिक क्षेत्र सुरक्षाका दृष्टीमा संवेदनशिल हुनेभएकाले पनि यसमा हडताल गर्न नपाएने बताए । कम्पनीमा भारत, नेपाल, केन्या, युगाण्डा लगायतका मुलुकका आप्रबासीले काम गरिरहेकाछन ।

५- चिन, पाकिस्तान, अफगानिस्तान र नेपालले हिंजो एक बैठक गर्दै कोभिड-१९ को महामारी र यसले पारेका नकारात्मक असरहरू बिरूद्ध संयुक्त रूपमा जुध्ने समझदारी गरेका छन । भिडियो कन्फ्रेन्सिङमा भएको यो बैठकमा चारै देशका परराष्ट्रमन्त्रीहरू सहभागी थिए ।

Leave a Reply