श्रमिक सूचना र सन्देश – ७२

११ जुलाइ २०२०

 

भिडियो समाचार लिंकः https://youtu.be/nL1g86ff3ho?t=9

 

(क) नेपाल

१- नेपालमा अब कुनैपनि ब्यक्तिहरू स्वयमले पनि चाहंदा रू. ५,५०० तिरेर कोभिड-१९ को PCR Test गर्न पाइने भएको छ । सरकारको निर्देशिकामा परेकाहरूको भने सरकारले नै गर्दै आएको निशुल्क परिक्षणलाइ जारी राख्नेभएको छ । बिश्वका धेरै मुलुकहरूमा यो टेस्ट गर्न सहज र सस्तो नरहेका बेला नेपालले यो ब्यवस्था मिलाइदिएको छ । भारतमै पनि यो टेस्ट गर्नका लागि भा.रू. ४,५०० तोकिएको थियो, अब भने PCR Test मा चाहिने रिएजेन्ट र केही सहायक सामाग्री भारतमै उत्पादन गरिन थाले पछि यो टेस्ट दिल्ली र मुम्बइमा भा.रू. २,००० मै गरिने भएको छ । नेपालमा यो सुविधा तथा ब्यवस्थामा प्रत्येक प्रदेशका १ अस्पतालबाट दिने सरकारी निर्णय बमोजिम प्रदेश१ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश  ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशालालाई शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाउने छन् । यसअघि मन्त्रालयले वैदेशिक रोजगारमा जाने चाहने व्यक्तिलाई निरोगिता प्रमाणपत्रका लागि वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुल्क तिरेर कोभिड–१९ को परीक्षण गर्न पाउने व्यवस्था गरेको थियो ।

    

 

(ख) साउदी अरब

२- अमेरिकाको संघिय अदालतले सन १९९६ मा साउदी अरबको दहरानस्थित खोबर टावरमा ट्रक बमको बिस्फोट गराउंदै मानविय र भौतिक क्षति पुराएकोमा मृतक र घाइतेका परिवारलाइ ८७ करोड ९० लाख अमेरिकी डलर क्षेतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । साउदी आरामकोको हेड क्वार्टर र मिलिटरी एअरबेस नजिकैको यो टावरमा गरिएको आक्रमणबाट टावरमा रहेका १९ जना अमेरिकी र साउदीको मृत्यु तथा अन्य ४९८ जना घाइते भएका थिए । अनुसन्धान र छानबिनमा बिस्फोटमा प्रयोग भएको ५ टनका बिस्फोटक सामाग्री इरानमा बनेका जसलाइ लेबननमा कृयाशिल हेजबुल्लाले तस्करी गरी साउदी अरब ल्याएको र इरान सरकारकै निर्देशनमा हेजबुल्लाले उक्त बिस्फोट गराएको उल्लेख छ । साउदी अरबका राजनैतिक बिश्लेषक डा. हमादान अल सेहरीले यस्तो जरिमाना अञ्जानमा भएका दुर्घटनामा ठिक होलान तर सुनियोजित आतंक मच्चाउन गरिने बिस्फोटका लागि प्रयाप्त नभएको भन्दै इरान बिरूद्ध थप कार्बाही हुनुपर्नेमा जोड दिए ।

(ग) मध्यपुर्ब

३- मध्यपुर्बमा पछिल्लो समयमा कोभिड-१९ को संक्रमन समाधानमा कतारमा क्षेत्रिय तुलनात्मक रूपमा हेर्दा कतारका तथ्यांकहरू सर्वोत्कृष्ट देखिएका छन । आजका मितिमा आइपुग्दा कतारमा कूल संक्रमित १,०३,१२८ जना भएकोमा ९८,९३४ अर्थात ९५.९३% ले स्वास्थ्य लाभ गरिसकेका छन र कतारमा मृतकको संख्या १४६ छ जुन कुल संक्रमितको ०.१४% हो । आज ४९८ जना नयां संक्रमित देखिए । पछिल्ला दिनहरूमा कतारमा नयां संक्रमन पनि निरन्तर र क्रमिक रूपमा घट्दै आइरहेको छ, निको हुनेको संख्या बढिरहेको छ र यसरी न्युनतम मानविय क्षतिमा कोभिड-१९ लाइ कुशलता पुर्बक शिघ्र समाधान गर्ने खाडी मुलुकहरूमा कतार यतिखेर अग्रस्थानमा देखिएको छ ।

४- युएइको अबुधाबीको श्रम अदालतले २६,८०० जना कामदारहरूलाइ उनिहरूले दर्ता गरेका उजुरी तथा दाबी माथि अदालतले छानबिन गरी कूल १ करोड ७० लाख दिह्रामको क्षतिपूर्ति राशी उनिहरूको आवास (Accommodation) मै उपलब्ध गराइदिएको खुलासा गरेको छ । कोभिड-१९ मा जनस्वास्थ्य सुरक्षालाइ ख्याल गर्दै अदालती प्रकृयामा एमिराटी पोस्ट अफिसको पनि प्रयोग गरिएको थियो ।

 

(घ) अन्तराष्ट्रिय

५- बिश्वभरी बिभिन्न मुलुकहरूमा बिकास निर्माण क्षेत्रलाइ नजिकबाट अवलोकन गरिरहेको एक तथ्यांक केन्द्रले कोभिड-१९ को बिश्वब्यापी महामारिका बिच पनि निर्माण क्षेत्रमा महत्वपूर्ण मानिने लागतको सूचकांक Construction Cost Index (CCI) मा सन २०२० को पहिलो त्रैमासिकमा ०.४% मात्रै गिरावट आइ लगभग स्थिर नै रहेको जनाएको छ । त्यसैगरी बजारको स्थिती आंकलनमा अर्को महत्वपूर्ण तथ्यांक Producer Price Index (PPI) मा १.९% ले बृद्धी भइ यो सूचकांकले मूल्य समेत लगभग स्थिर नै रहेको देखिएको छ । यी सूचकांकहरूलाइ योजनाकार र अनुसन्धानकर्ताहरूले पनि भावी योजना तर्जुमा गर्न प्रयोग गर्दछन ।

Leave a Reply