गजल – “बिसंगती”

१० जुलाइ २०२०

– प्रकाश सुवेदी

विकसित देश ताक्ने छोरा बुवालाई चाहिन्छ
घरधन्दा सम्हाल्ने बुहारी आमालाई चाहिन्छ

बुहारीलाई चुलो चौकोमै सिमित गर्छन जो
बिदेशमै जमेको ज्वाइँ ससुरालाई चाहिन्छ

हेर्दैनन् उमेर र चरित्र, पिआरको चक्करमा
अनमेल बिबाह अचेल चिचिलालाई चाहिन्छ

श्रम र विवेक अर्कैको देशमा लगानी गर्दैछौँ
तर स्वदेशको विकास परदेशकालाई चाहिन्छ

राम्रालाई नै होइन हाम्रालाई भोट हाल्छौ हामी
खासमा भ्रष्टाचारी शासक जनतालाई चाहिन्छ (?!)

Leave a Reply